नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो ।
आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्य...