काठमाण्डाै - एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।
च्यासलमा रहेको तुलसी स्मृति भवनमा अहिले बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको थियो । तर बैठकमा नेपाल पक्षका कुनै नेता सहभागी भएका छैनन् । यसअघि शुक्रवारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन । एमालेले आउँदो २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
आजै प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे नेपाल स...