६ महीनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको संक्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेका टीकापुर पार्क खुला गरिएको छ । लामो समयदेखि टीकापुर पार्क खुला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत हप्तादेखि खुला गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले बताएको छ । पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरू जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैं, तिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटक पार्क अवलोकनका लागि आउने गरेका छन् । पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायत काम सम्पन्न भएको भन्दै उनले पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए । बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । यद्यपि पार्कभित्रको सौन्दर्य घटेको पाइएको भन्दै उनले पार्कको सरसफाइलगायत विषयमा सुधार हुनुपर्ने बताए । पार्क छेउमा होटल व्यवसाय गर्दै आएका रवीन्द्र विष्टले विस्तारै पार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि व्यवसायमा पनि सुधार हुन थालेको बताए । ‘पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ,’ उनले भने, ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन ।’      टीकापुर पार्कसँग जोडिएको क्षेत्रमा ५० भन्दा बढीले व्यवसाय गर्दै आएका छन् । लामो समयको कोरोना कालमा केही व्यवसायी विस्थापित भएका छन् भने पार्कसँगै रहेको बनना रिसोर्ट, मुद्रा संग्रहालय र विज्ञान संग्रहालयको स्थापना भएको छ । रासस

सम्बन्धित सामग्री

सेनाको ब्यारेक स्थापनामा जनप्रतिनिधि नै बाझिए

टीकापुर पार्क नजिकै नेपाली सेनाको ब्यारेक स्थापना गर्ने कुरामा प्रदेश सांसद र टीकापुर नगरपालिकाका मेयरबीच विवाद देखिएको छ।...

पर्यटक लोभ्याउँदै टीकापुर पार्क (फोटो फिचर)

टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम :  उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर - कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र...

कर्णाली नदी बस्तीमा पस्ने खतरा :  उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।

हराउँदै पार्कको आकर्षण

भजनी, २२ वैशाख । कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा चिनएको छ । राजा महेन्द्रले स्वास्थ्यलाभ गर्नाका सार्थै यस क्षेत्रमा आएर राज्य सञ्चालन गरेको ठाउँलाई पार्कका रूपमा स्थापित गर्नमा स्व खड्गबहादुर सिंहको योगदान छ । वार्षिक एक लाखभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक अवलोकन तथा वनभोजका लागि […]

कुरुप बन्दै टीकापुर पार्क

कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्क उचित संरक्षणको अभावमा कुरुप बन्दै गएको छ। पार्कभित्रको बगैचामा फुल सुक्न थालेका छन। फूलको सुरक्षाका लागि बनाईएका काठको बार भाँचिएका छन।...

टीकापुर पार्कमा पर्यटकको घुइँचो

तिहार सकिएलगत्तै टीकापुर पार्कमा पर्यटकको घुइँचो लागेको छ । शनिबार छ हजार पर्यटक टीकापुर पार्क प्रवेश गरेका छन् । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने तिहारपछिको रमाइलो गर्न टीकापुर र आसपासका मानिस पनि आएका छन् ।

टीकापुरमा हात्तीले घर भत्कायो : पार्कमा पर्यटकको घुइँचो

टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर

आठ महिनापछि खुल्यो टीकापुर पार्क

२० मंसिर, कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको …