टीकापुर पार्कमा पर्यटकको घुइँचो

तिहार सकिएलगत्तै टीकापुर पार्कमा पर्यटकको घुइँचो लागेको छ । शनिबार छ हजार पर्यटक टीकापुर पार्क प्रवेश गरेका छन् । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने तिहारपछिको रमाइलो गर्न टीकापुर र आसपासका मानिस पनि आएका छन् ।

सम्बन्धित सामग्री

६ महीनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको संक्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेका टीकापुर पार्क खुला गरिएको छ । लामो समयदेखि टीकापुर पार्क खुला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत हप्तादेखि खुला गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले बताएको छ । पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरू जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैं, तिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटक पार्क अवलोकनका लागि आउने गरेका छन् । पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायत काम सम्पन्न भएको भन्दै उनले पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए । बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । यद्यपि पार्कभित्रको सौन्दर्य घटेको पाइएको भन्दै उनले पार्कको सरसफाइलगायत विषयमा सुधार हुनुपर्ने बताए । पार्क छेउमा होटल व्यवसाय गर्दै आएका रवीन्द्र विष्टले विस्तारै पार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि व्यवसायमा पनि सुधार हुन थालेको बताए । ‘पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ,’ उनले भने, ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन ।’      टीकापुर पार्कसँग जोडिएको क्षेत्रमा ५० भन्दा बढीले व्यवसाय गर्दै आएका छन् । लामो समयको कोरोना कालमा केही व्यवसायी विस्थापित भएका छन् भने पार्कसँगै रहेको बनना रिसोर्ट, मुद्रा संग्रहालय र विज्ञान संग्रहालयको स्थापना भएको छ । रासस

टीकापुरमा हात्तीले घर भत्कायो : पार्कमा पर्यटकको घुइँचो

टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर