काठमाडौं । ग्लोबल रिचले देशका मुख्य चार शहरमा ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ । काठमाडौं, पोखरा, चितवन र बुटवलमा एजुकेसन फेयर सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ माघमा काठमाडौंमा, ६ माघमा चितवनमा, ७ माघमा बुटवलमा र ८ माघमा पोखरामा एजुकेसन फेयर सञ्चालन हुनेछ । अष्ट्रेलियामा उच्च शिक्षा […]
अन्तरविद्यालय ए–लेभल/ आईबीडीपी फुटसल प्रतियोगिता हुने भएको छ । ग्लोबल रिच नेपालको आयोजनामा साउन २० गते ढुकु फुटसल हब बालुवाटारमा हुने प्रतियोगितामा १६ ए–लेभल/आईबीडीपी विद्यालयले प्रतिस्पर्धा गर्ने ग्लोबल रिच नेपालले जनाएको छ ।
विश्वका पाँच वटा शहरमा १०० जनाभन्दा धेरै अर्बपति बस्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘हुरून ग्लोबल रिच लिस्ट’का अनुसार विश्वका पाँच शहरमा १०० जनाभन्दा धेरै अर्बपतिहरू बस्छन् । चीनको संघीय राजधानी बेइजिङ सबैभन्दा धेरै डलर अर्बपतिहरू बस्ने शहर हो । यो शहरमा १४४ जना अर्बपति बस्छन् । यस्तै, सूचीको दोस्रो स्थानमा चीनकै आर्थिक राजधानी संघाई छ । यो शहरमा १२१ जना अर्बपति बस्ने गरेका छन् ।यो सूचीको तेस्रो स्थानमा चीनकै शेनजेन शहर पर्छ । यो शहरमा ११३ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले दे
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यको बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ । विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नि
कोरोना कहरका बाबजुत गएको साल विश्वभर अर्बपतिहरूका लागि भने सुखद् नै रह्यो।भारतमा पनि गएको वर्ष अर्बपतिहरूको सम्पत्तिले छलाङ मारेको छ। भारतमा मात्र गएको वर्ष अर्बपतिको संख्या १ सय ३७ बाट बढेर १ सय ७७ पुगेको छ। अर्थात् गएको वर्ष भारतभर ४० जना नयाँ अर्बपति थपिएका छन्।यस वर्ष विश्वभरका ६८ देशका २ हजार ४ सय २ कम्पनीका ३ हजार २ सय २८ जना अर्बपति रहेका हुरन ग्लोबल रिच लिस्टमा समावेश भएका छन्। पछिल्लो वर्ष यो लिस्टमा २ हजार ८ सय १४ अर्बपति समावेश थिए। अर्थात् विश्वभर ४ सय १४ नयाँ अर्बपति थपिएका छन्