‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ५ बाट, अष्ट्रेलियाका २५ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयमा नेपालका विद्यार्थीलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले आगामी शुक्रवारबाट फेयर सञ्चालन गर्न लागेको हो । ग्लोबल रिचले काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछानामुनि अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू, जस्तै : न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ एडिलेडका प्रतिनिधि सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ । ग्लोबल रिचले चितवनमा आगामी शनिवार १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ, जसमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ । यस्तै बुटवलमा आगामी आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुनेछ, जसमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ । ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम आगामी सोमवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ, जसमा ११ ओटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । विद्यार्थीले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसरलगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रष्ट हुन सक्नेछन् ।

सम्बन्धित सामग्री

ग्लोबल रिचले ५ माघदेखि मुख्य ४ शहरमा ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्दै

काठमाडौं । ग्लोबल रिचले देशका मुख्य चार शहरमा ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ । काठमाडौं, पोखरा, चितवन र बुटवलमा एजुकेसन फेयर सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ माघमा काठमाडौंमा,  ६ माघमा चितवनमा, ७ माघमा बुटवलमा र ८ माघमा पोखरामा एजुकेसन फेयर सञ्चालन हुनेछ । अष्ट्रेलियामा उच्च शिक्षा […]

ए–लेभल फुटसल हुने

अन्तरविद्यालय ए–लेभल/ आईबीडीपी फुटसल प्रतियोगिता हुने भएको छ । ग्लोबल रिच नेपालको आयोजनामा साउन २० गते ढुकु फुटसल हब बालुवाटारमा हुने प्रतियोगितामा १६ ए–लेभल/आईबीडीपी विद्यालयले प्रतिस्पर्धा गर्ने ग्लोबल रिच नेपालले जनाएको छ ।

विश्वका पाँच शहर : जहाँ १०० भन्दा बढी अर्बपति बस्छन्

विश्वका पाँच वटा शहरमा १०० जनाभन्दा धेरै अर्बपति बस्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘हुरून ग्लोबल रिच लिस्ट’का अनुसार विश्वका पाँच शहरमा १०० जनाभन्दा धेरै अर्बपतिहरू बस्छन् । चीनको संघीय राजधानी बेइजिङ सबैभन्दा धेरै डलर अर्बपतिहरू बस्ने शहर हो । यो शहरमा १४४ जना अर्बपति बस्छन् । यस्तै, सूचीको दोस्रो स्थानमा चीनकै आर्थिक राजधानी संघाई छ । यो शहरमा १२१ जना अर्बपति बस्ने गरेका छन् ।यो सूचीको तेस्रो स्थानमा चीनकै शेनजेन शहर पर्छ । यो शहरमा ११३ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले दे

चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।  विश्वका धनाढ्यको बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ । विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नि

भारत विश्वको चाैथो धेरै अर्बपति भएको देश, अम्बानीको सम्पत्ति बढ्यो

कोरोना कहरका बाबजुत गएको साल विश्वभर अर्बपतिहरूका लागि भने सुखद् नै रह्यो।भारतमा पनि गएको वर्ष अर्बपतिहरूको सम्पत्तिले छलाङ मारेको छ। भारतमा मात्र गएको वर्ष अर्बपतिको संख्या १ सय ३७ बाट बढेर १ सय ७७ पुगेको छ। अर्थात् गएको वर्ष भारतभर ४० जना नयाँ अर्बपति थपिएका छन्।यस वर्ष विश्वभरका ६८ देशका २ हजार ४ सय २ कम्पनीका ३ हजार २ सय २८ जना अर्बपति रहेका हुरन ग्लोबल रिच लिस्टमा समावेश भएका छन्। पछिल्लो वर्ष यो लिस्टमा २ हजार ८ सय १४ अर्बपति समावेश थिए। अर्थात् विश्वभर ४ सय १४ नयाँ अर्बपति थपिएका छन्