संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत नेपाललाई दिन चाहेको अनुदान सहायता केही समयदेखि बहसको विषय बन्दै आएको छ । अझ भनौँ, यो मामिलालाई बढी राजनीतीकरण गर्ने प्रयास हुँदै छ । कतिपय विज्ञको मतमा यो अनुदान सहायता मुलुकका लागि अपरिहार्य छ ।