उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उनले अनुभव सुनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी ए...