२३ मङ्सिर, ढोरपाटन (बागलुङ) । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी […]
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौँ गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहार सुसारमा व्यस्त हुन्छन् ।
जंगल मासिने र सिमेन्टेड जमिन भएका कारण जमिनमा पानी रिचार्ज हुने छैन र हिउँ पग्लिएर पानीको स्रोत सुक्नेछ । त्यसैकारण पृथ्वीले वनस्पति र अन्न उब्जाउन छोड्नेछ । जंगल नभएपछि मरुभूमि बन्दै धूलोले पृथ्वी ढाकिनेछ र मान्छे बस्न लायक हुनेछैन । पृथ्वी पुनः सुरुकै (बस्न नसक्ने) अवस्थामा पुग्नेछ ।
१२ चैत, पोखरा । आँखै अगाडि उभिएको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृंखला । दक्षिणी भागमा विशाल फाँटमा फैलिएको पोखरा बजार । बाटोभरि रंगीचंगी गुँरासैगुँरासको जंगल । पाखैभरि हिउँ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता धेरै दृश्य देखिएको छ । पोखरादेखि नजिकको दूरीमा रहेको खुमैडाँडा, कोर्चाङबाट देखिने दृश्यले धेरैको ध्यान खिच्न सफल छ । सामाजिक सञ्जालमा भाइरल […]
चार दिनसम्मको निरन्तरको वर्षापछि जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा मंगलबार राति हल्का हिमपातभएको छ । गुराँस फुल्न सुरु गरेको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको जंगल र लेकाली पहाडमा हिउँ परेको छ । हिउँले डाँडाकाँडा सेताम्मे देखिएका छन् ।
कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्। जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।कार्तिक महिनामा
म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।
संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।
‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’
कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।
पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।
धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस
डोटीः हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । खप्तड क्षेत्रका नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो । यहाँ उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर नेपालीले बताए ...
'हैन बाघ त छैनन् यहाँ ?'
अग्ला पहाड अनि जंगल...। रातको अँध्येरो ननिख्रदै बस वाहिर ओर्लदै गर्दा देखिएको अपरिचित ठाउँ । म सोध्छु हामी हिजोदेखि गुडी रहेको बसका चालक सदस्यलाई ।
'हैन छैन यहाँ त', ड्राइभर राम थापा बोल्छन् ।
माथि नौडाडा, काँडे, लुम्लेको सडकमा रातको समय जाममा बस्नु पर्दा यहाँ बाघहरू आउछँन …