कपिलवस्तु नगरपालिका–१, चोक बजारका एक फेन्सी पसले मास्क नलगाई ग्राहकसँग कुराकानी गर्दै सामान बेच्दै थिए । ग्राहक पनि बिनामास्क थिए । यस्तै तौलिहवा बजारको गौढी चोकमा तरकारी बेच्न बसेकी महिलाले पनि मास्क लगाएकी थिइनन् । उनी बेपरवाह बनेर ग्राहकसँग गफिँदै तरकारी व्यापार गरिरहेकी थिइन् ।