कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहसनहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरूलाई तयार रहन चेतावनी दिएका हुन् । ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले