एसियाली जुनियर भारोत्तोलन हेमन्तले जिते तीन कास्य पदक

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका हेमन्त पालले तीन कास्य पदक जितेका छन् ।

सम्बन्धित सामग्री

गल्फ: आर्मीलाई एक र बागमतीलाई दुई स्वर्ण

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते।...

५४ औँ एसियन शारीरिक सुगठनमा राजुले जिते कास्य पदक

काठमाडाैँ- नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन्। सोमबार टिम व्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए। राजुले १७० सेमीसम्मको समूहमा तेस्राे स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन्। २४ राष्ट्र […]

एसियन शारीरिक सुगठनमा राजुले कास्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– शारिरीक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा कास्य पदक जितेका छन् । टोलीका ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीका अनुसार राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । २४ राष्ट्र सहभागि सो […]

कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक

कर्णालीका तीन जना खेलाडीले रजत र कास्य पद जितेका छन् । दशरथ रंगशालामा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीबाट सहभागि खेलाडीमध्ये तीन जनाले रजत र कास्य पदक जितेका हुन् । दौडमा राममाया कुमारी बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने डिल्ली भण्डारी २ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएका हुन् ।कर्णालीको टिमकोच मनराज शाहीका अनुसार कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बिसीले महिला हाईजम्पमा काश्य पदक जितेकी छन् ।

टोकियो ओलम्पिकः युफाईले जिते बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण

एजेन्सी। गलाल युफाईले फिलिपिन्सका कार्लो पालमलाई हराउँदै टोकियो ओलम्पिकमा बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण पदक जितेका छन्। २८ वर्षे युफाईले फ्लाईवेटमा पालमलाई ४–१ ले हराएका हुन्। युफाईले पहिलो, तेस्रो, चौथो र पाँचौँ राउन्ड २९–२८ अंकले जितेका थिए। दोस्रो राउन्ड भने पालमले २९–२८ ले जितेका थिए। जापानका रोमेई तानाका र काजकिस्तानका साकेन बिबोसिनोभले कास्य पदक जिते।

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।

टोकियो ओलम्पिकः हाई जम्पमा कतारका बार्शीम र इटालीका तम्बेरी दुवैले जिते स्वर्ण

एजेन्सी। कतारका मुताज बार्शीम र इटालीका जमार्को तम्बेरी दुवैले एथलेटिक्सको पुरुष हाई जम्पमा स्वर्ण पदक जितेका छन्। दुवैले समान २.३७ मिटर जम्प गरेका थिए। ओलम्पिक कीर्तिमान २.३९ मिटरमा दुवै असफल भए। ३० वर्षे बार्शीमले रियो ओलम्पिकमा रजत पदक जितेका थिए। उनले वर्ल्ड च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए। बेलारुसका माक्सिम नेडासेकाउले कास्य पदक जिते।

टोकियो ओलम्पिकः इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण

एजेन्सी। इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले एथलेटिक्सको पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा जमैकाका उसेन बोल्टको नाममा ओलम्पिक र विश्व कीर्तिमान छ। अमेरिकाका फ्रेड कार्लेले ९.८४ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते। क्यानडाका आन्द्रे डी ग्रेसीले ९.८९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते।

टोकियो ओलम्पिकः जर्मनीका जेरेभले जिते टेनिसमा स्वर्ण

एजेन्सी। पाँचौँ वरीयताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले पुरुष टेनिसको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन्। उनले रुसका करेन खाचनोभलाई ६–३, ६–१ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। जेरेभले सेमिफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराएका थिए। जोकोभिचलाई २–१ ले हराउँदै स्पेनका पाब्लो कारेनो बुष्टाले कास्य पदक जिते।

टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।