टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः नदेरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्समा जितिन् दोस्रो स्वर्ण

एजेन्सी। नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। हसनले २९ मिनेट ५५.३२ सेकेन्डमा दुरी पार गरिन्। टोकियोमा उनको यो दोस्रो स्वर्ण पदक हो। उनले ५ हजार मिटरमा स्वर्ण र १५ सय मिटर दौडमा कास्य पदक जितेकी थिइन्। बहराइनकी कलकिडन गेजाहेजनीले रजत र इथियोपियाकी लेटेसेनबेट गिडेले कास्य पदक जितिन्।

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।