घ्यूसँग नून साट्ने बुटवल (बटौली) शहरका पुराना होटल व्यवसायी हुन् माधव नेपाल तर उनको परिचय अहिले यतिमा मात्रै सीमित छैन ।
२०३० सालको दशकतिर शिक्षकको सरकारी जागिर त्यागेर १०० रुपैयाँ लिई गाउँ छाडेर हिँडेका नेपालले अहिले बुटवलमा सफल पर्यटन व्यवसायीको पहिचान बनाएका छन् । नयाँ पुस्ताका उद्यमीले नेपाललाई अभिभावक मान्छन् ।
२०१५ सालमा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ (साविक देउराली गाविस) लघुवामा जन्मिएका नेपाल पढाइमा तगडा थिए । विद्यालय तहको पढाइ ३ वटा स्कूल फेरेर पूरा गरी माधवले तत्कालीन एसएलसी ...