काठमाण्डाै - बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएको छ । यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै औषधि व्यवस्था विभागले यस्ता औषधि प्रयोग नगर्न आग्रह गरेको छ ।
विभागले आज सूचना निकालेर ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो ।
विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालब...