सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दै

मङ्गलबारे- इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र […]

सम्बन्धित सामग्री

सुपारी खेतीमा किसानको आकर्षण बढ्दै

इलाम । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्राय: सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए । सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले सुपारी बेचेर वार्षिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । सुपारी काँचै विक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरी बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । रासस