सिन्धुलीमा माछापालनमा आकर्षण बढ्यो

सिन्धुली । पछिल्ला समयमा सिन्धुलीमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । जिल्लामा बढ्दो शहरीकरण र राजमार्ग आसपासका होटलहरुमा माछाको माग बढेसँगै व्यवसायिक माछा पालन व्यवसायमा किसानको आकर्षण बढ्दै गइरहेको हो । उर्वराभूमि र मलिलो माटो बिना नै सिमसार जमिनमा पलाएको पानी जम्मा पारेर बनाएको पोखरीमा माछा पालन व्यवसाय संचालन गरेपछि सिन्धुली जिल्लाका कमलाखोच […]

सम्बन्धित सामग्री

धमाधम ईभी चार्जिङ स्टेशन सञ्चालन : अनुमति दिन्छ, तथ्यांक राख्दैन प्राधिकरण

काठमाडौं  । नेपालमा पछिल्लो समय आम ग्राहकमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । ग्राहकहरू ईभीप्रति आकर्षित भएको देखिएपछि व्यवसायीले विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका विद्युतीय सवारीसाधन भित्र्याइरहेका छ । केही समय अगाडिसम्म ईभी खरीदकर्तालाई चार्जिङ स्टेशन टाउको दुखाइको विषय थियो । अहिले त्यो समस्या क्रमश: समाधान हुँदै गएको छ ।  नेपाल विद्युत् प्राधिकरण र विभिन्न मोटर कम्पनीहरूले धमाधम चार्जिङ स्टेशन बनाएर सञ्चालन गरेपछि ईभी प्रयोगकर्तालाई सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंमा चार्जिङ स्टेशन राखेको छ । त्यस्तै ललितपुर, बनेपा, धादिङ, भक्तपुर, रूपन्देही, सुर्खेत, कास्की, कैलाली, महोत्तरी, पर्वत, दाङ, बाँके र सिन्धुलीमा पनि प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हालसम्ममा प्राधिकरणको चार्जिङ स्टेशन संख्या ३२ पुगेको छ ।  निजीक्षेत्रले पनि ईभी चार्जिङ स्टेशन निर्माणको कामलाई तीव्रता दिएको छ । हुन्डाई मोर्टसले ललितपुर, काठमाडौं, भक्तपुर, चितवनको भरतपुर, सौराहा र कुरिनटार, सिन्धुलीको मूलकोट, वीरगञ्ज र हेटौंडामा चार्जिङ स्टेशन राखेको छ । हुन्डाईले बिर्तामोड, दमक, विराटनगर, इटहरी, पोखरा, भैरहवा, बुटवल, भालुबाङ, दाङ, नेपालगञ्ज, चिसापानी र धनगढीमा गरी ४३ ओटा चार्जिङ स्टेशन बनाएको छ । टाटा मोटर्सले काठमाडौं उपत्यका, धादिङ, चितवन, हेटौंडा, सिमरा, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, मूलकोट, पोखरा, भैरहवा, भालुवाङ, नेपालगञ्ज, धनगढीलगायत १६ ठाउँमा डिसी (छिटो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ ।  टाटाले ५५ ठाउँमा एसी (ढिलो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । टाटाका एसी चार्जिङ स्टेशन बिर्तामोड, विराटनगर, धरान, ढल्केवर, जनकपुर, सिमरा, वीरगञ्ज, हेटौंडा, नारायणगढ, कावासोती, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा, धार्केलगायत ठाउँमा छन् ।  यसबाहेक बीवाईडी, एमजी, दिगोलगायत ब्रान्डका विद्युतीय सवारीसाधन विक्रेता कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेका छन् । तर, नेपालमा हालसम्म कतिओटा ईभी चार्जिङ स्टेशन छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । नेपाल विद्युत् प्राधिकरणले आफूले बनाएका चार्जिङ स्टेशनको तथ्यांक राखे पनि निजीक्षेत्रले कति चार्जिङ स्टेशन बनाएको छ र अहिले देशभर चार्जिङ स्टेशनको संख्या कति छ भन्ने तथ्यांक राखेको छैन । आर्थिक अभियानले नेपाल विद्युत् प्राधिकरणसँग यो विषयमा चासो राख्दा प्राधिकरणका अधिकारीहरूले देशभरको एकीकृत तथ्यांक संकलन नगरेको बताए । चार्जिङ स्टेशन राख्ने अनुमति सम्बद्ध वितरण केन्द्रले दिने गरेको र कति कम्पनीले कुन कुन ठाउँमा चार्जिङ स्टेशन राखे भन्ने कुराको तथ्यांक वितरण केन्द्रसँग हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपयले हाई भोल्टेज विद्युत् लाइन पहिले नै लिइसकेको अवस्थामा छुट्टै मीटर नलगीकनै चार्जिङ सुविधा दिइरहेको प्राधिकरणका अधिकारीहरूले बताए ।  अटोमोबाइल व्यवसायीका हकहितको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग पनि निजीक्षेत्रले देशभरमा कतिओटा चार्जिङ स्टेशन बनाएर सञ्चालन गरिरहेको छ भन्ने कुराको जानकारी छैन । नाडा सचिवालयमा यस विषयमा बुझ्दा चार्जिङ स्टेशनको तथ्यांक राख्ने परिपाटी नरहेको जवाफ दिइयो ।

सिन्धुलीमा आयुर्वेद उपचारप्रति बिरामीकाे आकर्षण

सिन्धुली । सिन्धुलीमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा उपचारका लागि आउने बिरामीहरुको संख्यामा बढ्दै गएकाे हो । भौतिक संरचनाको अभाव, न्यून चिकित्सक तथा विभिन्न कठिनाइका वावजुद पनि केन्द्रले दैनिक जसो स्वास्थ्य उपचारमा आउने बिमारीहरुका लागि उपचार र परामर्श सेवा उलब्ध गराउदै आएको छ । […]

सिन्धुलीमा कपडा सिलाई पेशाप्रति महिलाकाे आकर्षण

सिन्धुली । सिन्धुलीमा स्थानीय महिलाहरुले कपडा सिलाउने पेशामा आवद्ध भएर स्वरोजगार भएर पर्याप्त आर्थिक आयआर्जन गर्न सक्षम भएका छन् । सिन्धुलीकाे जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न तालिम केन्द्रबाट सिलाई कटाईको तालिम पाएपछि बेरोजगार भएका स्थानीय महिलाहरु स्वरोजगार भएका हुन् । सिन्धुलीमाडीमा यसरी तालिम प्राप्त महिलाहरुले संचालन गरेका सिलाई कटाई केन्द्रहरुमा अहिले […]

सिन्धुलीमा कुखुरा पालन व्यवसायप्रति कृषक आकर्षित

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा कुखुरा पालन व्यवसायप्रति कृषककाे आकर्षण बढ्दै गएकाे छ । केही समय यता सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, भिमान, कमलाखोच र मरिण क्षेत्रमा समेत व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय संचालन गर्न थालिएपछि व्यवसायीहरुले राम्रो आम्दानी गर्न थालेका हुन् । कामकाे खोजीमा विदेश पलायन हुने युवा जनशक्तिहरु समेत अहिले कुखुरा पालन पेशामा संलग्न भएर […]

सिन्धुलीका कृषक कुरिलाे खेतीप्रति आकर्षित

सिन्धुली । सिन्धुलीमा कुरिलो खाँदा मानव स्वास्थ्य राम्रो हुने भएकाले कृषकहरुले कुरिलोको व्यवसायिक खेती सुरु गर्न थालेका छन् । परम्परागत रुपमा लगाईने विभिन्न खालका खाद्यन्न बाली भन्दा धेरै आम्दानी हुने देखिएपछि कृषक कुरिलो खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सिन्धुलीमा विगत केही वर्षदेखि कुरिलोको व्यावसायिक खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कृषकहरुको आकर्षण अत्याधिक बढेको […]

सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढ्दै

सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । शहर बजार क्षेत्रमा उपयोगका लागि माग राम्रो भएकाले खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर, फिक्कल लगाएतका गाउँपालिकाका पहाभारत […]