काठमाडौं । प्राइम कमर्सियल बैंक र फोनपेकोे सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार सुरक्षित गर्ने उद्देश्यले केही दिनअघि उक्त कार्यक्रम गरिएको हो ।
सुरक्षित एवं सहज तरीकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपाय अवलम्बन गर्ने जस्ता विभिन्न पक्ष समेटेर आयोजित कार्यक्रममा विद्यार्र्थी, शिक्षक, जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारण सहभागी थिए ।
कार्यक्रममा बैंकको मोबाइल बैंकिङ एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको विषयमा महाप्रबन्धक अमृतचरण श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै फोनपेमार्फत गरिने कारोबार, अन्तर–बैंक कारोबार लगायत विषयमा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले स्पष्ट पारेका थिए ।