काठमाडौं : सरकारले चालु आर्थिक वर्षबाट निजामती कर्मचारीलाई तलब सुविधासहितको १० दिने पर्यटन बिदा दिने योजना अगाडि सार्यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण करिब दुई वर्षदेखि सम्पूर्ण गतिविधि ठप्प भए।कोरोनाको सबैभन्दा बढी असर देशको ठूलो आर्थिक हिस्सा ओगटेको पर्यटन क्षेत्रमा देखियो। बाह्य पर्यटन ठप्प भएको अवस्थामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न भन्दै सरकारले उक्त योजना अगाडि सारेको थियो।आन्तरिक पर्यटन प्रवर्धन गर्न अगाडि सारेको योजन