आईजीपी नियुक्ति विवादमा आइतबार सर्वोच्च अदालतमा आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सिंहको तर्फबाट १८ जना कानुन व्यवसायीले बहस गरे । अब, एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिनेछन् । सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालले असार २६ मा सुनुवाइ गर्ने गरी मुद्दा ‘हेर्दाहेर्दै’मा राख्ने आदेश गरेका छन् । असार २६ मा पोखरेलको तर्फबाट जवाफी बहस हुनेछ । आइतबार वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी उपरीक्षक ह