बाँकेका ग्रामीण बस्ती नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन् । कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले एक सय १६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन् । एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगञ्जमा सडक कालोपत्र र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिकिएको छ । नेपालगञ्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्रले गति लिएपछि नेपालगञ्ज