उदयपुर : अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि स्थानीयलाई उद्धार थालिएको छ।बुधबार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर पानी पसेपछि बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन्।नदीको बाँध फुटेर गाउँ पस्दा करिब १० परिवार विस्थापित भएको बेलका नगरपालिका-३ की सदस्य फाल्गुन कार्कीले जानकारी दिइन्। अहिले सशस्त्र प्रहरीको टोलीले यहाँ उद्धार गरिरहेको छ।डुबानबाट भएको