यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवटै सुरक्षा निकायका …