यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधीश गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोस