काठमाडौं : परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन टर्की जाने भएका छन्। मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्काको नेतृत्वमा फोरममा सहभागी हुने टोली गठन गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
टर्कीको अन्तालिया सहरमा मार्च ११ देखि १३ सम्म अन्तालिया डिप्लोमेसी फोरम आयोजना हुँदैछ।…