लोकसेवा आयोगले दोस्रो चरणको परीक्षा मिति तोकेको छ। कोरोना तथा लकडाउनका कारण लामो समयदेखि शाखा अधिकृत, नायव सुब्बाको रोकिएको परीक्षाको नयाँ मिति सार्वजानिक भएको हो।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा जागिर खुलाएको छ । आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा जागिर खुलाएको हो । आवेदन भदौ ४ गते सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर भदौ ११ गतेसम्म आवेदन दिन सकिने […]
१३ चैत, काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । यो परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘धेरै उम्मेदवारहरु भएकाले र दिपायलदेखि जुम्लासम्म […]
काठमाडौँ– लोक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित भएको छ । आयोगले विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकाललाई स्थगित गरेको हो । आयोगले एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको […]
काठमाडौं : लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ ।लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने छन् ।
लिखित परीक्षा काठमाडौंको विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि सञ्चालन हुनेछ । परीक्षा अवधि २ घण्टाको हुने विभागका शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए
१० भदौ, वीरगञ्ज । संघीय निजामती सेवाको रिक्त शाखा अधिकृत पदमा प्रदेश र स्थानीय तहमा समायोजन भएका १७४ शाखा अधिकृतलाई मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सोही पदमा लोक सेवा आयोगको परीक्षा दिइरहेकाहरु चिन्तित बनेका छन् । लिखित परीक्षा र अन्तर्वार्तासमेत दिएर नतिजा प्रकाशन हुने बेलामा विज्ञापन भएको पदमै प्रदेश र स्थानीय तहका शाखा […]
काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोभिड –१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ । यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो । परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन […]