काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् ।
नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँ...