नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । “यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्दिनहोला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो” उम्मेदवार केसीले भने ।उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा