युरो कप २०२०ः अन्तिम चरणबाटै अन्तिम १६ को टुंगो

युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।...

सम्बन्धित सामग्री

रोनाल्डोले जिते गोल्डेन बुट

काठमाण्डाै - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् ।  पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन्  । बिहान सकिएको युरो कपको उपाधि इटलीले जितेको छ । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यस अघि इटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति […]

युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

काठमाण्डाै - युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । समूह चरणका खेलमा डेनमार्कले रुसलाई हराएको थियो भने फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित ...

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - डेनमार्क  युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै डेनमार्क नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोल गरे । रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह 'बी' बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

अस्ट्रिया पहिलो पटक युरो कप फुटबलको नकआउट चरणमा

काठमाण्डाै - अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । उसका लागि बोम्गाटर्नले गोल गरे । समूह 'सी' मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्छ ।

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

इटाली अन्तिम १६ मा प्रवेश

लन्डन, (एजेन्सी) इटाली जारी युरो कप २०२१ को अन्तिम १६ मा प्रवेश गरेको छ ।प्रतियोगिताको समूहचरणअन्तर्गत इटालीले लगातार दोस्रो खेलमा पनि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक […]

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाण्डाै -नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह 'सी' को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।  यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३/३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको ...