बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

सम्बन्धित सामग्री

आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको […] The post आयात खुलेपछि फेरि कमजोर बन्दै नेपाली मुद्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकी डलरको मूल्यवृद्धि र नेपाली अर्थतन्त्र

कोरोनाको विश्वव्यापी महामारीपछि विश्व बजारमा अमेरिकी डलर बलियो हुँदै गएको देखिन्छ । यसको मूल्य यसरी लगातार बढ्नुको मुख्य कारण भनेको विश्वमा अमेरिकी डलरको माग बढ्नु नै हो । अहिले अमेरिकी डलर २० वर्षयताकै सबैभन्दा बलियो भएर युरो, पाउन्ड आदिको तुलनामा सन् २०२२ मा १५ प्रतिशतले बढेकोे छ । नेपालको इतिहासमा नै डलरको तुलनामा नेपाली मुद्रा […]

नेपाली मुद्रा इतिहासकै कमजोर

दिनहुँ रेकर्ड तोड्दै डलरको भाउ अमेरिकी डलर दिनप्रतिदिन बलियो हुँदै गएपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरबराबर १३२ दशमलव २ रुपैयाँ भएको छ । यो...

डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा ...

डलरको भाउ आज झनै महँगाे

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज झन् महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो। अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय...

डलरको भाउमा नयाँ रेकर्ड : आज एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो नयाँ रेकर्ड हो । यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विन...

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो हुँदै गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्य भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । आज नेपाल राष्ट्र बैंकले १ डलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । या […]

डलरको मूल्य १७ महिनाकै उच्च, कमजोर हुँदै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने […]

बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपै

बलियो हुँदै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ । बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो । नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भएको उनको भनाइ छ । ‘विभिन्न कारणले पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा बलियो हुँदै गएको छ । त्यसको असरले नै नेपाली मुद्रा बलियो भएको हो,’ उनले भने, ‘तर, अबको दिनमा कस्तो हुन्छ भनेर भन्न सकिँदैन । भारतीय मुद्रा बजार कस्तो हुन्छ, त्यसले नै निर्धारण गर्छ ।’ डलरको तुलनामा भारतीय रुपया (भारू) बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ । त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपया स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो । भारतीय शेयरबजारमा वृद्धि र डलरको अरू मुद्रासँग दर घटेर यस्तो भएको बताइएको छ । साथै, गत शुक्रवार अमेरिकी केन्द्रीय बैंक प्रणालीका अध्यक्ष जेरमी पोवेलले ब्याजदर कमै राख्ने संकेत दिएका छन् । त्यसका कारण पनि भारतीय मुद्रा बलियो भएको बताइएको छ । त्यसमाथि पछिल्लो समय भारतीय क्यापिटल मार्केट बढ्दो क्रममा नै छ । भारतबाट हुने निर्यात पनि बढ्दै गएको छ । त्यसको असरले पनि भारतीय मुद्रा बलियो भएको र नेपाली मुद्रा पनि बलियो भएको बताइएको छ । डलरको मूल्य सस्तो भएसँगै आयात पनि सस्तो हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । साथै, नेपालले तिर्ने विदेशी ऋण पनि सस्तो पर्ने उनको भनाइ छ । ‘तर, विप्रेषण आप्रवाहमा भने नकरात्मक असर पुग्छ । साथै, निर्यात गर्दा पनि नेपाली मुद्राको तुलनामा कम विदेशी मुद्रा आउने हुन्छ ।’