नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि अन्तिम तीन जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।योसँगै समितिले उक्त तीन अन्तिम नामावली अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने छ । सोही मध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । सोमध्येबाट छनोट समि