वैदेशिक रोजगारीमा जानेले कोरोना खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने

काठमाडौं। वैदेशिक रोजगारी तथा अन्य प्रयोजनको लागि विदेश जानेहरुले कोरोना खोपको प्रमणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विज्ञप्ति जारी गर्दै कोरोना खोपको प्रमाणपत्र जारी गर्ने नेपालका अस्पताल, खोप प्रमाणपत्र र हस्ताक्षरको नमुना नेपालस्थित सबै कूटनीतिक नियोग र विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरुमा पठाई सकिएकोले प्रमाणीकरण गर्न नपरेको विभागले स्पष्ट पारेको छ।

सम्बन्धित सामग्री

नेपाल आउने हवाई यात्रुको साथमा कोरोना खोप प्रमाणपत्र अनिवार्य

२८ पुस, काठमाडौं । हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले क्यूआर कोडसहितको कोभिड–१९ खोपको प्रमाणपत्र बोक्नु पर्ने भएको छ । यस्तो प्रमाणपत्र नहुने यात्रुले ७२ घण्टा भित्रको आरटी–पीसीआर नेगेटिभ परीक्षण रिर्पोट पेश गर्नु पर्ने प्रावधान छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सूचना निकाल्दै यसबारे यात्रुलाई सूचित गरेका […]

टेकुमा कोरोना खोप प्रमाणपत्र लिनेको भीड, सङ्क्रमणकाे जाेखिम

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको बताउनुभयो । खोप लगाएको प्रमाणपत्र लिन यसरी अस्पतालमा भीड हुन्छ भन्ने कल्पना नै नगरेको उहाँले बताउनुभयो ।

भारतीय सांसदलाई नै नक्कली कोरोना खोप लगाइदिए

एजेन्सी।पश्चिम बंगलाको सत्ताधारी पार्टी तृणमूल कांग्रेसकी सांसद तथा बंगाली नायिका मिमी चक्रवर्तीले आफूलाई झुक्याएर नक्कली कोरोना खोप लगाइएको बताएकी छन्।“आयोजकले मलाई अरु पनि खोप लगाउन प्रेरित हुनेछन् भनेर मलाई बोलाए। म गएँ, खोप लगाएँ तर मोबाइलमा कुनै म्यासेज आएन। मैलै खोप प्रमाणपत्र मागें।मलाई तीन–चार दिनपछि पठाइदिने भने, तर पठाएनन्। तब मलाई थाहा भयो की खोप नक्कली थियो”, चक्रवर्तीले भनिन्।