पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग अखिल क्रान्तिकारीको बार्गेनिङ !

२७ मंसिर, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको बताएका छन् । भुसाल र खनाल दुवैले संगठनले आधिकारिक रुपमै रकमको बार्गेनिङ गरेको सामाजिक सञ्जालमा लेखेका हुन् । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका […]

सम्बन्धित सामग्री

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतामा चौथौ नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।क्लबको उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा रहेका छन् । त्यस्तै सचिवमा जगदीश भण्डारी सह सचिवमा संदेश श्रेष्ठ चयन भए । यस्तै सदस्यहरूमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा, सुबाश बास्तोला, तृष्णा देवकोटा, दिनेश चापागाईं साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा  प्रशान्

पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा नयाँ कार्य समिति

पोखरा (हाम्रो खेलकुद) – पोखरा विश्वविद्यालय क्रिकेट क्लवको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार वसेको वैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सहसचिवमा संदेश श्रेष्ठ चएन भएका हुन् । त्यस्तै सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला र तृष्णा देवकोटा […]

पोखरा विश्वविद्यालय र नाष्टबीच भयो यस्तो समझदारी

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकआपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंक बीच सम्झौता

कात्तिक १३,पोखरा । पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम/ व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।             विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन, सह प्राडा अजय थापा र नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।          कार्यक्रममा विश्वविद्यालयका उपकुलपति अर्यालले विश्वविद्यालयले देशलाई आवश्यकपर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताए । उनले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरू गरिएको बताए।             विश्वविद्यालयका रजिष्ट्रार सह प्राडा दीपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सृजनाका लागि पढ्नुपर्नेमा जोड दिए । उनले नवील बैंकले विनाधितो उत्कृष्ट व्यापार योजनालाई प्राथमिकता राखेर ऋण प्रभाव गरे उद्यमशिल विकासलाई सहयोग पुग्ने बताए ।       नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालका ठूलाठूला उद्यमी बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गरे ।             शाहले इन्टर्नसीप सामाजिक सेवा होइन भन्दै विद्यार्थीलाई इन्टर्नसीपका लागि बैंक नभई जहाँ बुद्धि, विवेक, पसिना बगाउने उद्यमीहरू छन् त्यहाँ जानुपर्नेमा जोड दिए।             कार्यक्रममा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्राडा अजय थापाले पोखरा विश्वविद्यालयल र ब्याचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रमकाबारेमा प्रस्तुति गरेका थिए।             उक्त अवसरमा नवील बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमु्ख सूर्यबहादुर रोका, दिगो बैंकिङ विकासका प्रबन्धक लीलाप्रसाद ओझा लगायतले बोलेका थिए । रासस

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंकबीच सम्झौता

पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेडबीच...

कोरोना कहर : पोखरा विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा आजैदेखि स्थगित

कोरोना महामारीलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत सुचारू भइरहेको र सुचारु हुने सबै परीक्षा अनिश्चितकालका लागि बन्द भएको छ । विश्वविद्यालयले सोमवारदेखि नै लागू हुने गरी सबै परीक्षा बन्द गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले जानकारी दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशन समितिको बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको हो ।

पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेट लिग सोमबारदेखि

पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।...