पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्बन्धित सामग्री

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । […]

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क ९एनआरइएन०बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता - NepaliPatra

गण्डकी । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । समझदारीसँगै एनआरइएनले एसिया […]

समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ,२३ जेठ । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरे । दुवै […]

पोखरा विश्वविद्यालय र नाष्टबीच भयो यस्तो समझदारी

पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकआपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक

आईआईडीएसले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । नेपाल सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले आईआईडीएस फेलोसिप कार्यक्रम सुरु  गरी ४३ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम अवसरमा आईआईडीएस, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन पब्लिक पोलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएस र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । फेलोसिपको मुख्य उद्देश्य शक्षित युवाको क्षमता वृद्धि गर्ने र तिनलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारसँग संलग्न भई सार्वजनिक प्रशासन एवं सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धानमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर दिनु हो । तोकिएका विश्वविद्यालयबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत काकार्यक्रममा स्नातकोत्तर पूरा गरेका १ सय युवालाई प्रत्येक वर्ष यो अवसर दिइनेछ । पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँचवर्षे अवधिमा कार्यान्वयनमा ल्याइनेछ । पहिलो चरणअन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोस्रो चरणमा सरकारले यो कार्यक्रमलाई संस्थागत गर्ने बताइएको छ । सोही अवसरमा आईआईडीएस र सांग्रिला डेभलपमेन्ट बैंक तथा प्रभु क्यापिटलबीच यो कार्यक्रमका लागि आर्थिक स्रोत जुटाउने सम्बन्धमा छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आईआईडीएसले कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्डमा सूचीकृत विभिन्न पब्लिक लिमिटेड कम्पनी र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ ।

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंक बीच सम्झौता

कात्तिक १३,पोखरा । पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम/ व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।             विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन, सह प्राडा अजय थापा र नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।          कार्यक्रममा विश्वविद्यालयका उपकुलपति अर्यालले विश्वविद्यालयले देशलाई आवश्यकपर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताए । उनले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरू गरिएको बताए।             विश्वविद्यालयका रजिष्ट्रार सह प्राडा दीपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सृजनाका लागि पढ्नुपर्नेमा जोड दिए । उनले नवील बैंकले विनाधितो उत्कृष्ट व्यापार योजनालाई प्राथमिकता राखेर ऋण प्रभाव गरे उद्यमशिल विकासलाई सहयोग पुग्ने बताए ।       नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालका ठूलाठूला उद्यमी बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गरे ।             शाहले इन्टर्नसीप सामाजिक सेवा होइन भन्दै विद्यार्थीलाई इन्टर्नसीपका लागि बैंक नभई जहाँ बुद्धि, विवेक, पसिना बगाउने उद्यमीहरू छन् त्यहाँ जानुपर्नेमा जोड दिए।             कार्यक्रममा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्राडा अजय थापाले पोखरा विश्वविद्यालयल र ब्याचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रमकाबारेमा प्रस्तुति गरेका थिए।             उक्त अवसरमा नवील बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमु्ख सूर्यबहादुर रोका, दिगो बैंकिङ विकासका प्रबन्धक लीलाप्रसाद ओझा लगायतले बोलेका थिए । रासस