वीरगंज : वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने बताएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका हुन्। फेसबुकमा करिब २ मिनेटको भिडिओ सार्वजनिक गर्दै झाले आफू कांग्रेसमा आवद्ध भएको बताएका छन्।
वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा…