काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले नेवारी (नेपाल) भाषामा पनि शपथ लिएका छन्। सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै गर्दा उनीहरूले नेवारी भाषाबाट पनि शपथ लिएका हुन्। सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए। मेयर बालेनले पहिलोपटक नेपाली भाषामा शपथ लिएर दोस्रोपटक नेवारी भाषाबाट शपथ लिएका थिए भने उपप्रमुख सुनिताले नेपाल भाषामा मात्रै शपथ लिएकी थिइन