मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति– गौर घटना दोहोरिन सक्ने र सीके राउतको हत्या हुन सक्ने धम्की

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसा भड्काउने खालको आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् । बुधवार रौतहटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)की नेतृ यादवले जनमत पार्टीका नेता डा. सीके राउतप्रति लक्षित गर्दै हत्या हुन सक्ने धम्की दिएकी हुन् ।  रौतहटको गौरमा बुधवार बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौरको राइस मिल काण्ड दोहोरिन सक्ने बताएकी हुन् । २०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच हिंसात्मक झडप हुँदा माओवादीका २८ कार्यकर्ता मारिएका थिए । &...

सम्बन्धित सामग्री

गौर घटनाको फाइल खुल्ने उपेन्द्रको डर

गृह मन्त्रालयले गौर घटना पीडित संघर्ष समितिसँग पाँचबुँदे सहमति गरेपछि सशंकित बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका नेताहरुलाई भेटेर गौर घटनाको फाइन खुल्ने त होइन भन्ने आशंका गरेका छन् ।

गौर घटना छानबिन माग गर्दै पाँच दिनदेखि धर्ना

रौतहटको सदरमुकाम गौरमा १६ वर्षअघि भएको हत्याकाण्ड छानबिन गर्न माग गर्दै पीडित परिवारहरु पाँच दिनदेखि चन्द्रनिगाहपुरमा धर्ना बसेका छन् । धर्नास्थल वरपर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रभु साहलाई कारबाहीको माग गर्दै रौतहटमा बृहत् प्रदर्शन

रौतहट : तत्कालीन माओवादीका नेता प्रभु साहलाई कारबाही गर्न मंगलवार सर्वपक्षीय संयुक्त संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।गौर घटना प्रभु साहले सुनियोजित रूपमा गराउन पहाडी जिल्लाबाट ससाना हतियार सहित भिडन्त गर्न उतारिएको र आमनागरिकले प्रतिकार गर्दा दुःखद घटना भएको भन्दै घटनाका मुख्य नाइके साहविरुद्ध कारबाहीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा बृहत् विरोध र्‍याली प्रदर्शन भएको हो।नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओव

१६ वर्षअघिको गौर घटना : उपेन्द्र यादवसहित १३० जनाविरुद्ध अनुसन्धान गर्न सिफारिश

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा भएको घटनामा दोषी रहेको भन्दै १३० जनाविरुद्ध मुद्धा चलाउन सिफारिश गरेको छ ।आयोगको पुस १९ गते बसेको बैठकले नता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको हो । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी […]

मन्त्री यादवलाई उन्मुक्ति दिएकै हो, प्रधानमन्त्रीज्यू ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्ष्य गर्दै ‘गौर घटना’ दोहोर्‍याउने सर्वथा आपत्तिजनक धम्की दिएकी थिइन् । जोकोहीले झुक्किएर पनि बोल्न नहुने कुरा संघीय मन्त्रीजस्तो जिम्मेवार सार्वजनिक ओहोदामा रहेको व्यक्तिले खुलेआम उद्घोष गरेकी थिइन् ।

मन्त्री रेणु यादवको राजीनामा माग गर्दै गौरमा प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । युवा संघका कार्यकर्ताहरुले शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् । युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका

मन्त्री रेणु यादवलाई बर्खास्त गरी कारबाही गर्न जनमत पार्टीको माग(विज्ञप्तिसहित)

काठमाडौँ, ७ माघ। सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले हिजो (बिहीबार) जनमत पार्टी विरुद्ध अर्को गौर घटना गराउने धम्की दिएको प्रसंग उठाउँदै उक्त जनमत पार्टीले नरसंहारको धम्की दिने मन्त्री यादवलाई बर्खास्त गरेर कारबाही गर्न […]

मन्त्री यादवले दिइन् सिके राउतलाई ज्यान मार्ने धम्की

जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले अर्कोे गौर घटना दोहोरिन सक्ने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले राउतलाई यस्तो धम्की दिएकी हुन् । उनले रौतहट ऐतिहासिक जिल्ला भएको भन्दै आफूहरुलाई भाटा नदेखाउन चेतावनीसमेत दिइन् ।मन्त्री यादवलाई रौतहटमा जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा तथा भाटा देखाएका थिए । मन्त्री यादव

गौर घटनालाई पुनः ब्युँताइँदै, पीडित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । १४ वर्ष पुरानो गौर घटना पुनः चर्चामा ल्याइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।  तर त्यो घटनाको बारेमा छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको अवस्थामा मृतकका परिवारले फेरि सक्रियता देखाएका हुन् । सोही क्रममा मृतकका पर...