नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

नेपाल टेलिकमले सबै सेवाप्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।सोमबारदेखि उपलब्ध हुने अफरमा कम्पनीले पाँच सय ९९ रुपैयाँदेखि एक...

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् प्याकेज

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।टेलिकमका अनुसार यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

एनटीसीले ल्यायो एसईई अफर, निःशुल्क सिमदेखि विविध सेवा सुविधासम्म

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले एसईईका विद्यार्थीहरुलाई लक्षित गरी एसईई अफर ल्याएको छ । उक्त अफर अनुसार एसईईका विद्यार्थीलाई एनटीसीले निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि […]

नेपाल टेलिकमले ल्यायो ‘आइसिटी डे अफर’   मा अनलिमिटेड डाटा र कम्बो प्याक

वैशाख १७, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १९ गते मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।            कम्पनीले कम्पनीका ग्राहकहरूका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख) सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दए । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छूटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।            त्यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र  ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । उक्त अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष  अफर

चैत ३०, काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाउने नयाँ वर्ष को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।  अफर अन्तर्गत ४९ रुपैयाँमा २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सकिन्छ ।  यसका साथै २०० रुपैयाँ देखि ४९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दि

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गल्याङको लबरकोटमा नेपाल टेलिकमले सञ्चालनमा ल्यायो बिटिएस टावर

माघ २६, काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिकास्थित लबरकोटमा जिएसएम सेवाको नयाँ बिटिएस टावर सञ्चालनमा ल्याएको छ ।  फोरजी तथा टुजी दुबै सेवासहित सञ्चालन गरिएको उक्त टावरबाट सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।  गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोटलगायत आसपासका क्षेत्रका उपभोक्ताहरु लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख रामराज उपाध्यायले बताए ।  नेपाल टेलिकमले उक्त सेवा गत मंगलवारदेखि सुचारु गरेको हो ।

खल्तीले ल्यायो क्यासब्याक अफर

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।...

निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो । निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो... The post निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक appeared first on Purbeli News.