नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष  अफर

चैत ३०, काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाउने नयाँ वर्ष को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।  अफर अन्तर्गत ४९ रुपैयाँमा २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सकिन्छ ।  यसका साथै २०० रुपैयाँ देखि ४९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।   

सम्बन्धित सामग्री

एनसेलले ल्यायो दुई विशेष अफर

काठमाडौँ, २ असोज । एनसेल आजियाटा लिमिटेडले आइतबारदेखि लागू हुने गरी नयाँ दुई विशेष अफर ल्याएको छ । आठौँ संविधान दिवसको अवसरमा ग्राहकहरुले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुुसार यी प्याक आइतबारदेखि तीन दिनका लागिमात्र संचालनमा रहनेछन् । […]

भायानेटले ल्यायो नयाँ रिफरल योजना !

अब भायानेटका ग्राहकले तीन महिना सम्मको इन्टरनेट र एम आइ डुअल ब्याण्ड राउटर फ्री मा पाउन सक्ने काठमाडौं, २३ चैत्र । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक […]

भायानेटले ल्यायो नयाँ रिफरल योजना

काठमाडौं, चैत २२ । भायानेटले नयाँ वर्षको अवसरमा रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी हुने ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउनेछन्। भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई […]

प्रमोद निर्वाणको त्यो गीत जसले दसैंमा बोल्छ गरिबीको वेदना

दसैं आयो भन्दा भन्दै, दशा ल्यायो दसैं आयो भन्दा भन्दै, दशा ल्यायो सररर रोटेपिङैमा अझै छन् बरिलै साहुको ऋणमा दसैंको माहोल छ। दसैं आउँदा हुने खानेहरु रमाइलो गरिरहेका हुन्छन्। तर गरिब परिवारलाई भने एक छाक टार्नसमेत गाह्रो हुन्छ। बाढिपहिरोले खेतिपाती नष्ट गर्दाको पीडा। जसमाथि थपिने साहुको ऋण। जसकारण त्यो गरिब…

संसदबाट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो। हिजोको प्रदेशसभा बैठकमा बजेटमाथि प्रदेशसभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री […]

हल्दिबारी गाउँपालिकाले ल्यायो ‘द्वार एक सेवा अनेक’ को अवधारणा

सुरेन्द्र भण्डारीझापा । झापाका स्थानीय तहमा सर्वसाधरणको काममा ढिलासुस्ति भएको गुनासो बढेपछि हल्दिबारी गाउँपालिकाले भने ‘द्वार एक सेवा अनेक’ को अवधारणा अगाडि ल्याएको छ ।सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरेर नमूना गाउँपालिका घोषणा गर्ने गाउँपालिकाको उद्देश्य रहेको छ । छिटो र छरितो रुपमा सेवाग्राहीको काम सम्पन्न गर्ने गरी गाउँपालिकाबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन […]

सिपारोले ल्यायो बिद्यालयमा नयाँ प्रबिधिसिपारोले ल्यायो बिद्यालयमा नयाँ प्रबिधि

ईटहरी / मोरङको सुन्दरहरैचास्थित सलकपुरमा रहेको ब्राईट फयुचर ईङिलस स्कुलमा सिपारो टेक्नोलोजी ईटहरी सँगको सहकार्यमा विश्वबिख्यात होरियन ब्राण्डको ईन्ट्रयाक्टिभ फ्ल्याट प्यानल मार्फत पठनपाठन शुरु भएको छ । सो प्यानल बिजनेस मिटिङ,शिक्षाल तालिम,कर्मसियल डिस्प्ले लगायतका लागि बहुउपयोगी हुने कम्पनीको भनाई छ । शिक्षा क्षेत्रमा बहुउपयोगी मानिएको सो प्रबिधि मार्फत कम्प्युटर,प्रोजेक्टर,टिभी,क्यामेरा,हवाईट बोर्ड,मार्कर,साउण्ड सिस्टम,अक्षर,अंक,चित्रहरु पढन,लेख्न र मेटाउन सकिने... The post सिपारोले ल्यायो बिद्यालयमा नयाँ प्रबिधिसिपारोले ल्यायो बिद्यालयमा नयाँ प्रबिधि appeared first on Purbeli News.