भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो ‘फेस्टिभल अफर’

काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर (Festivals Offer) उपलब्ध गराउने भएको छ। अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन्। डाटा प्याकअन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र […]

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु.४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयो

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस अफर

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन् ।एपबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा तीन...

एनसेलले ल्यायो चुनावलक्षित रिचार्जमा बोनस डाटा अफर

एनसेल आजियाटाले स्थानीय चुनावलाई लक्षित गर्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ ।

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ । प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मा

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष अफर ल्याएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर ल्याएको हो । यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी […]

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दि

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र  १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पह

दशैं अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकमा समेत अफर

नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस तथा भ्वाइस र डाटा प्याकमा विशेष अफर ल्याएको छ।