समयमै उपचार गरे निको हुन्छ कुष्ठरोग

अन्य रोगभन्दा कुष्ठरोग सर्ने सम्भावना धेरै न्यून रहने क्षयकुष्ठ निरीक्षक अधिकारीले बताए। सर्ने मध्येका ९५ प्रतिशतमा रोग प्रतिरोधी क्षमताको कारण यो रोग सर्न सक्दैन। रोग लागे पनि कसैले ६ महिना र कसैले १ वर्ष नियमित औषधि सेवन गरे यो रोगको जिवाणुलाई समाप्त पार्न सकिन्छ र यसबाट मुक्ति पाउन सकिन्छ।

सम्बन्धित सामग्री

कुष्ठरोगीसँग समान व्यवहार

कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् ।

कर्णालीमा घट्दो दरमा कुष्ठरोग

कर्णाली । कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले ५ वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जानकारी दिएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले ५ वर्षअघि बिरामी पत्ता लाग्ने दर ६ दशमलव ४९ प्रतिशत तथा हाल ३ दशमलव ६७ प्रतिशत रहेको बताए । ‘कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनि घट्दो क्रममा छ,’ उनले भने, ‘समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’ कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तरराष्ट्रिय गैरसरकारी संस्था आईएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११५, २०७४/७५ मा ११५, २०७५/७६ मा ८९, २०७६/७७ मा ५५ र २०७७/७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् । रासस

कर्णालीमा घट्दो दरमा कुष्ठरोग

कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताउनुभयो । “कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ”, उहाँले भन्नुभयो, “समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।” कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११५, २०७४/७५ मा ११५, २०७५/७६ मा ८९, २०७६/७७ मा ५५ र २०७७/७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् ।

विश्व कुष्ठरोग दिवस : समयमै उपचार गरे निको हुन्छ

काठमाण्डाै - आज ६९औँ विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह ग...