बेलुका खाना खाने बेलामा बाबा छेउमै हुनु हुन्थ्यो। मेरो बढी बोल्ने बानी, प्याच्च सोधीहालेँ 'बाबा, केटा मान्छे रुनु हुन्न रे हो? हजुर रुनु हुन्न र?' बुबाले म तिर हेर्न मात्र के भ्याउनु भएको थियो, टेबलको पल्लो छेउबाट 'खुरु खुरु खा, खाने बेलामा बोल्नु हुन्न' भन्दै आमाले माहोल नै साम्य पार्नु भयो।