पुरुष र महिलाको स्वर किन एकनास हुँदैन ? किन हरेक मान्छेको स्वरमा विविधता हुन्छ ? कसरी स्वर मात्र सुनेर पनि मान्छे पहिचान गर्न सकिन्छ ?
यो निकै रोचक विषय हो ।
संसारभर जतिपनि मान्छे छन्, उनीहरुको स्वरमा …
सालको पात टिपेर नलाऊ आमा टपरी हाम्ले बिहे गरिँदैन मनै नपरी हलहली मकै बढ्यो त्यही बारीको हावाले कस्तो घर रोजेर दिन्छौ बाबाले । स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे : नपढेकी छोरीलाई पढेकालाई दिनुभो यति कुरा बाबाले पाप लिनुभो । अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटर । न आफूले पढियो न त बाउले पढाए के छ इच्छा सोधेनन् डोली चढाए । अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : केटो हेर्नू बाबाले निकै छाँटकाँटको खेतबारी हेर्नू बाबा सम्म फाँटको । पानी बोक्न नपरोस् दैलादैला पँधेरो कोठाकोठा बिजुली नहोस् अँधेरो । महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो : उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो अन्याय र अत्याचारले जालो लाइसक्यो । कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर कति बस्छौ सामन्तीको दासी भएर ? अरू देशका नारीहरू रकेट चढी चन्द्रमा हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : सम्पत्तिले नपुगे लैजा भैँसी तानेर बसिँदैन मगन्तेलाई लोग्ने मानेर । त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन । त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा दस पढेका विद्यार्थीले बिर्से कखरा । त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर केटा पनि हिँड्न थाले कपाल बाटेर । तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी बोल्नभन्दा अगाडि कपाल मिलाउनी । ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो : थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर आहो आहो बाहुन बाजे जनै राखेर । छ सराको जनैले यति दुःख दिएको ठाडो घाँटी लाएर रक्सी पिएको । अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आ
‘केटा हो, छिटो आऊ ! सुनको गहना लगाएको मानिस आएको छ । छिटो आऊ र लुट, उसको घोडा पनि छ !’ मान्छेको जस्तो स्वर सुनेपछि जंगलमा सिकार गर्दैगर्दा थकाइ मेट्न भुइँमा बसेका राजाले आवाज आइरहेको रूखको टुप्पातिर हेरे । त्यहाँ एउटा ठूलो चरा गुफा रहेको ओढारतिर फर्केर कराइरहेको थियो । यस्तो आवाज सुन्ने बित्तिकै राजा […]
The post परिवेशअनुरूपको संस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
आगामी भाद्र १४ गते रिलिजमा आउने फिल्म ऐंचो पैंचोको पहिलो गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। काले केटाले बोलको गीतमा एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत र एरेन्जमेन्ट तथा संगीतकार अविरलका साथमा अस्मिता अधिकारीकको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ। निर्मात्री […]
काठमाडौ : आर्टमान्डु नेपालको प्रस्तुति, कथाकार नवीन चौहानको लेखन, अनिल सुब्बा अन्वेश राई थुलुङ्गको निर्देशनमा बनेको नाटक 'चोरको स्वर' थापागाँउस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।नाटकले पूर्वी पहाडको लिम्बू समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परा र त्यसपछि गरिने संस्कारलाई झल्काएको छ। कथामा शेर्मा र चेम्जोङ गाउँका लिम्बू समुदायका युवा युवतीले घर-परिवारको अनुमतिबिनै भागेर विवाह गर्ने चलन छ। त्यसपछि केटा पक्षका भद्र भलादमीहरू आफ्नो रीतसहित केटी पक्षलाई भागी विवाह भएको जा
नाटक ‘चोरको स्वर’ को मञ्चन आजबाट हुने भएको छ । मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने मण्डला थियटरले जनाएको छ । नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत हुनेछ ।आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक लिम्बू समुदायमा हुने भागी विवाहको बिषयमा आधारित छ । जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट तपाइँको छोरी चेली हाम्रो साथमा छ, हाम्रो छोरा–भतिजले माया गरेर, खुसीसाथ राखेको छ भनेर जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ । ना
काठमाडौं । आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक ‘चोरको स्वर’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक विशेषगरी लिम्बू समुदायमा हुने भागी विवाहमा आधारित भएर प्रस्तुत गरिएको छ । कोही केटाले केटी भगाएपछि केटा पक्षबाट ‘हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा-भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनेर रीतसहित जानकारी दिन आउने परम्परालाई […]
अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा छ ।गीतको भिडियाे विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् । गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतक