काठमाडौ : फ्रेन्च ओपन टेनिस महिला तर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्। फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई सोझो सेटमा हराउँदै पोल्याण्डकी इगाले उपाधि हात पारेकी हुन्। उनले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले हराइन्। इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्। यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन्। २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो।पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन्।