बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ ।तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेले नै जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनक