२ भदौ, काठमाडौं । राप्रपाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक संकलन सुरु गरेको छ । संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समूह र संघसंस्थालाई जोड्न बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले कोष वृद्धि अभियान घोषणा गरेका छन् । राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । […]