काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माले शुक्रबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।