चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न सुरु

काठमाडौं, मंसिर २८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ […]

सम्बन्धित सामग्री

यी स्थानमा आज वर्षा र हिमपात

काठमाडौं : प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ। हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ। क्

काठमाण्डौमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस : चिसो अझ बढ्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौमा चिसो बढेको छ । काठमाण्डौ उपत्यकासँगै देशभर चिसो बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम तथा मध्य तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो पनि लागेको थियो । तर तराईमा केही दिनदेखि बिहान लाग्ने गरेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमिक रूपमा हट्ने गरेको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । तापक्रम घट्दै जानेक्रम...

उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ । आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएकाे छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो […]

पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो

काठमाण्डाै - देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

मौसम पूर्वानुमान : तराईमा हुस्सु र पहाडमा चिसो बढ्ने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।आज  दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ। तराई  भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै ज

यस्तो छ आजको मौसम

काठमाडौं  : मंगलबार पहाडी  भू–भागमा मौसम आंशिक बदली रहेको छ।  बाँकी स्थानमा मौसम मौसम सामान्यतया सफा रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।तराई-मधेशका जिल्लामा भने बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। तर घाम लागेपछि यो हट्दै जानेछ। केही समययता चिसो बढेकाले यसबाट बच्न विशेषगरी बिहान र बेलुकी विशेष ध्यान दिन मौसमविदले सुझाव दिएका छन्। दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामा

देशभर चिसो बढ्यो‚ कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ दशमलव ३ डिग्री सेल्सियस मापन

तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

काठमाण्डाै – बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढ्दा तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक हप्तादेखि नै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो निकै बढेको र जनजीवन प्रभावित भएको हो । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्च...