काठमाण्डाै - चिसो र शीतलहरले तराई/मधेसको जनजीवन प्रभावित बनेको छ । विशेषगरी मध्य तथा पश्चिम तराईमा शीतलहर छ ।
तराईमा अझै केही दिन शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको थियो । आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ भने पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
आज काठमाण्डौमा बिहान न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।
यसैबीच गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्...