काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ दशमलव ३ डिग्री सेल्सियस मापन